समाज

१६ लाख भारुसहित ठमेलबाट पाँच पक्राउ

काठमाडौं- भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ परेका छन्। प्रतिवन्धित ५ सय र १ हजार  दरका १६ लाख बराबरका नोट सहित ठमेलको व्लु मुन होटलबाट शम्भु परियार, सन्तोष थापा मगर, राजेन्द्र घिसिङ, धनध्वज तामाङ र रामविक्रम खड्का पक्राउ परेका हुन्।

उनीहरुलाई विशेष सूचनाको आधारमा गय राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए। पक्राउ पाँचै जनालाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ।

भारतमा प्रतिवन्ध लगाइएका ५ सय र १ हजारका नोट उनीहरुले के कारणले ल्याए भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले बतायो।

प्रकाशित: ३० वैशाख २०७६ ०७:४८ सोमबार

भारु पक्राउ प्रतिवन्ध अवैध_पैसा