समाज

चट्याङले आठ घाइते

खोटाङ– असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ घाईते भएका छन्। आईतबार साँझ एउटै टोलमा परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका बिष्ट, छोरी जानुका बिष्ट, अनुशा बिष्ट र छोरा अभिशेष बिष्ट, सोही ठाउँका लक्ष्मी कट्वाल, खेमकुमारी कट्वाल, पदमकुमारी कट्वाल र मिना कट्वाल घाईते भएका हुन्।

चट्याङ लागेपछि घाईते भएकामध्ये खेमकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ। अन्य भने उपचारपछि सोमबार बिहान डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए। घाईतेलाई आईतबार साँझ अस्पतालमा ल्याइएको थियो। खेमकुमारीको श्वास–प्रस्वासमा समस्या देखिएपछि उपचारमै राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७६ ०३:२६ सोमबार

चट्याङ घाइते