समाज

जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते

रुकुम- रुकुम (पश्चिम)मा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्।

जिल्लाकाे आठबिसकाेट नगरपालिका ८ दाजे भन्ने स्थान बाट नगरपालिका ९ रारी बजारतर्फ आउँदै गरेको लु १ ज ६०४० नम्बरकाे दुर्घटना भएको प्रहरी जानकारी दिएको छ। नगरपालिका ८ साउने खोला स्थित मोडमा एक्कासी जिप दुर्घटना भएको हो।

दुर्घटना परेर घाइते भएका ८ जना गम्भीर घाइते मध्ये ५ जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ भने तीन जनाएको नगर अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

प्रकाशित: २९ वैशाख २०७६ १६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App