समाज

म्युजिक नेपालका सञ्‍चालक थापा पक्राउ

काठमाडाैं- म्‍युजिक नेपालका सञ्‍चालक उज्वल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रतिलिपि अधिकार मुद्दामा उनीविरुद्ध उजुरी परेपछि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए। नियन्त्रणमा लिएका थापासँग सोधपुछ भइरहेको प्रहरीले जनाएकाे छ।

चलचित्र मखमली–२ की निर्मात्री धनमाया सिलवालले थापाविरुद्ध उजुरी गरेपछि उनी पक्राउ  परेका हुन्। थापाले छायांकनमा रहेको चलचित्रको गीतलाई आफैले म्‍यूजिक भिडियो बनाएर युट्युबमा हालेको निर्मात्री सिलवालले आरोप लगाएकी छन्।

प्रकाशित: २९ वैशाख २०७६ ११:४६ आइतबार

म्युजिक_नेपाल सञ्‍चालक पक्राउ