समाज

जुवातास खेल्ने १३ जना पक्राउ

काठमाडौं– प्रहरीले छुट्टाछुट्टै घटनामा जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले यही बैशाख २८ गते साँझ काठमाडौं महानगरपालिका १ मैत्रीनगरस्थित पर्साका श्याम कुमार विकले संचालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अबस्थामा नगद ११ हजार ६० सहित काठमाडौं चन्द्रागिरी नगरपालिकाका १५का नवराज विश्वकर्मासहित ४ जनालाई पक्राउ गरेको छ।

त्यस्तै, सोही समयमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ९ सिनामंगल स्थित लोक बहादुर प्रधानले संचालन गरेको फर्निचर उधोगमा जुवातास खेलिरहेको अबस्थामा फर्निचर संचालकसहित ९ जनालाई  ७ बुक तास, नगद १ लाख १ हजार ३ सय ५० रूपैयाँसहित पक्राउ गरेको छ। दुबै घटना सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७६ १०:३३ आइतबार

नेपाल_प्रहरी जुवातास पक्राउ