समाज

कनकाईमाइ पुलमा भेटिएको बम डिस्पोज, यातायात सुचारु

झापा - कनकाई नगरपालिकाको माइ पुल नजिकै भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ।  पुलको पूर्वी भागमा आइतबार बिहान भेटिएको उक्त वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो।

पुल नजिकै शंकास्पद वस्तु भेटिएपछि बिहान ६ बजेदेखि अवरुद्ध यातायात पनि सुचारु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवाश खड्काले बताए। वस्तु राखिएको ठाउँ नजिकै गोर्खा नेपाल जनमुक्ति मोर्चा लेखिएको पर्चा भेटिएकोले उक्त समूहले नै बम राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। स्रोतले उक्त वस्तु टाइम बम बताए पनि सेनाको डिस्पोजल टोलीले भने केही बताएको छैन।

 

प्रकाशित: २९ वैशाख २०७६ ०२:५४ आइतबार

कनकाई_नगरपालिका शंकास्पद_वस्तु