समाज

कटवाल ट्रस्टबाट २८ जनालाई छात्रवृत्ति

काठमाडौं – पूर्वप्रधानसेनापति रुक्मागत कटवाल संरक्षक रहेको ‘रुक्मागत कटवाल ट्रस्ट’ ले यस वर्ष २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको भएको छ।

ट्रस्टले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यो वर्षका लागि छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको हो। ट्रस्टको घोषणा अनुसार यो वर्ष २८ जना विद्यार्थीले छात्रवृत्ति पाउने छन्। गत वर्ष २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको ट्रस्टले जनाएको छ।

त्यस्तै ट्रस्टले सामाजिक रुपमा प्रतिष्ठा कमाएका व्यक्तिहरुलाई आजीवन सदस्यको प्रमाणपत्रसमेत प्रदान गरेको छ। ट्रस्टले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सांसद यज्ञराज सुनुवार, नेपाली कांग्रेसका नेता रामहरि खतिवडालगायतलाई आजीवन सदस्यको प्रमाणपत्र प्रदान गरेको छ। २०७१ सालमा स्थापना भएको ट्रस्टले शिक्षा तथा विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आएको छ।

 

प्रकाशित: २९ वैशाख २०७६ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App