समाज

न्यायिक पत्रकारको अध्यक्षमा दुलाल

काठमाडौं – न्याय, कानुनलाई बिट बनाउँदै काम गरिरहेका पत्रकारको संगठन संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको पाँचौ अधिवेशन सम्पन्न भएको छ। शनिबार काठमाडौंमा भएको अधिवेशनले नेपाल लाइभका पत्रकार दुर्गा दुलालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

मञ्चको उपाध्यक्ष कालिका खड्का (रासस), महासचिव भाषा शर्मा (नागरिक दैनिक), सचिव दीपक खरेल (नेपाल खबर), कोषाध्यक्ष निराजन पौडेल (राजधानी दैनिक) चयन भएका छन्। त्यसैगरी कार्यसमितिको सदस्यमा दीपक आचार्य (कान्तिपुर टेलिभिजन), शरद ओझा (हिमाल खबर) चयन भएका छन्। अधिवेशनबाट सर्वसम्मतरुपमा कार्यसमिति चयन भएको हो। यसअघि लिलाधर उपाध्याय अध्यक्ष थिए।

प्रकाशित: २९ वैशाख २०७६ ०२:५४ आइतबार

न्याय कानुन संवैधानि