समाज

भारतीय मोटरसाइकलमा सवार नेपाली महिलाको मृत्यु

सर्लाही - जिल्लाको दक्षिणी भारतीय सीमावर्ती गाउँमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार दिउँसो एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विष्णु गाउँपालिका–४ की ४० वर्षीया बबिता महतो भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दिउँसो साँढे ३ बजे बीआर३०एल९४३२ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो। उक्त मोटरसाइकलको महताे पछाडि सवार थिइन्। मोटरसाइकल भने फरार रहेको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७६ १२:०२ शनिबार

भारतीय_मोटरसाइकल विष्णु_गाउँपालिका अनियन्त्रित सीमावर्ती_गाउँ