समाज

धार्मिक पर्यटन विकास गर्न सके अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छः झलनाथ खनाल

काठमाडाैं–पुर्व प्रधानमन्त्री झलनाथ खनालले धार्मिक पर्यटनलाई विकास गर्दै लैजानुपर्ने बताएका छन्। श्री पशुपतिनाथ एवं बागमती गंगा आरति सेवा समिति नेपालले शनिबार काठमाण्डौमा गरेको कार्यक्रममा पुर्व प्रधानमन्त्री खनालले मुलुकभित्रका धार्मिक तीर्थ स्थलहरुको विकास र प्रवर्द्धन गरि धार्मिक पर्यटनलाई विकास गर्दै लैजानुपर्ने बताएका हुन्।

पशुपतिनाथ, मुक्तिनाथ, बराहक्षेत्र लगायत धार्मिक तीर्थस्थलको विकास र प्रवर्धन गर्न सक्ने हो भने धार्मिक पर्यटनको विकास बाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव छोड्न सकिने तर्क उनले गरे।

खनालले पशुपतिक्षेत्र विकासका लागि संस्थागत संरचना निर्माण गरिएको भएपनि पर्याप्त नभएको टिप्पणी गरे। कार्यक्रममा पशुपतिनाथ एवं वागमती गंगा आरतिको १२ बर्ष पुगेको अवसरमा प्रकाशन गरिएको स्मारिकाको विमोचन पनि गरिएको थियो।

प्रकाशित: २८ वैशाख २०७६ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App