समाज

मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर शनिबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ। महाशाखाले ३ दिनको मौसमको पूर्वानुमानबारे जानकारी दिएको छ । 

वैशाख २८ गते शनिवार र आइतवार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुनेछ । त्यस्तै सोमवार पनि देशभर मौसममा आंशिकदेखि सामान्य बदली रही पश्चिममा थोरै स्थानहरूमा तथा मध्य र पूर्वका धेरै स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको केन्द्रले जनाएको छ । यसैबीच सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई अपिलसमेत गरेको छ।

 

जल_तथा_मौसम_पूर्वानुमान_महाशाखा मेघ_गर्जन हावाहुरी