समाज

एक क्विन्टल गाँजा बरामद, दुई युवा पक्राउ

काठमाडौं–  एक क्विन्टल गाँजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–४ गंगटेका कान्छा योन्जन र प्रगन सहनी रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले विशेष सूचना आधारमा उनीहरु पक्राउ गरेका हो।

ब्युरोका एसपी तथा प्रवक्ता कृष्ण प्रसाईका अनुसार प्रहरी टोलीले बिहीबार साँझ योन्जनको घरबाट उक्त लागुऔषध गाँजा बरामद गरेको हो। बरामद लागुऔषधमध्ये ८० किलो गाँजा छ भने २० किलो चिप्पड रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०६:३१ शुक्रबार

गाँजा लागुऔषध युवा पक्राउ