समाज

आगलागी पीडितलाई गाउँपालिकाको राहत

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगलागी पीडितलाई राहत प्रदान गरेको छ। बैसाख २४ गते राति भएको आगलागीमा सर्वस्व गुमाएका ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका अग्नी पीडित टेकबहादुर बिकको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

सर्वस्व गुमाएर विचल्नीमा परेका परिवारलाई नगद २० हजार, ६० केजी चामल, नुन, तेल, पाल, कम्बल, भाँडाकुँडा लगायतका बन्दोबस्तीमा सामान प्रदान गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।

आगलागीमा घर गुमाएका बिक हाल परिवारसहित ससुरालीमा बसिरहेका छन्। सहज जीवन यापनमा सहयोग पु-याउन अग्नी पीडितलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०६:२९ शुक्रबार

ऐसेलुखर्क_गाउँपालिका आगलागी राहत