समाज

विप्लव कार्यकर्ता पक्राउ गर्न दुई राउन्ड हवाई फायर, एक जना घाइते

रुकुम –  सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। रुकुम पश्चिममा  विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिन सफल भएको थियो ।

उनलाई जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

प्रकाशित: २७ वैशाख २०७६ ०५:४९ शुक्रबार

नेत्रविक्रम_चन्द डिल्लीराज_शर्मा विप्लव हवाई_फायर