समाज

राई विद्यार्थीको राष्ट्रिय सम्मेलन सुरु

किरात राई विद्यार्थी संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई। तस्बिर : दमन/नागरिक

खोटाङ – खोटाङमा किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको नवौं राष्ट्रिय सम्मेलन सुरु भएको छ। सो सम्मेलनको किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले उद्घाटन गरेका हुन्।

बिहीबार हेलिप्याडमा तीन चुल्होमा आगो बालेर उद्घाटन गरिएको तीनदिने सम्मेलनले नयाँ नेतृत्व चयन एवम् भावी कार्यदिशा तय गर्ने संघले जनाएको छ। संघको राष्ट्रिय सम्मेलनमा पूर्वी नेपालका १४ जिल्ला र उपत्यकाका तीन जिल्लाका प्रतिनिधि एवम् पर्यवेक्षकको उपस्थिति रहेको छ। सम्मेलन उद्घाटनअघि संघले दिक्तेल बजारमा ¥याली निकालेको थियो। सांस्कृतिक झाँकीसहितको ¥यालीमा बहुभाषिक विश्वविद्यालय, वैज्ञानिक शिक्षा प्रणालीलगायतको माग गरिएको छ।

 

प्रकाशित: २७ वैशाख २०७६ ०२:३८ शुक्रबार

किरात_राई_विद्यार्थी राष्ट्रिय_सम्मेलन