समाज

पाल्पामा ट्रयाक्टर र माेटरसाइकल आपसमा ठाेक्किँदा एककाे मृत्यु

पाल्पा - पाल्पाको रामपुरमा मोटरसाइकल र ट्रयाक्टर अापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। रामपुर नगरपालिका–६ नयाँ बजारबाट विजयपुर बजारतर्फ आउँदै गरेको बा४५प ८३६८ नम्बरको मोटरसाइकल र किसानबारी बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु३त ७९७२ नं को ट्रयाक्टर ठोक्किएकाे थियाे। 

दुर्घटनामा मोटरसाइकलमा सवार रामपुर नगरपालिका–५ बांगेपसलका १९ वर्षीय सञ्जु रानाको मृत्यु भएको छ। उनको उपचार क्रममा रामपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिए।

मोटरसाइकलमा सवार १८ वर्षीय राहुल सुनारी घाइते भएका छन्। उनलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ । ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा छन्। रासस

प्रकाशित: २६ वैशाख २०७६ १५:४७ बिहीबार

पाल्पा रामपुर इलाका_प्रहरी_कार्यालय_रामपुर