समाज

७ हजार रुपैयाँ घुससहित फरेस्टर समातिए

रुकुम -  रुकुम पश्चिमको चौरजहारीस्थित चौफा सव डिभिजन वन कार्यालयमा कार्यरत फरेस्टर महेन्द्र बिसी ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

बिसीलाई आयोगको सुर्खेतस्थित कार्यालयबाट गएको टोलीले मुसिकोट नगरपालिका १ कालिका मन्दिर नजिकको विमला खाजाघरबाट घुस रकमसहित पक्राउ गरेको हो।

कटान आदेशको काममा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यसबारे थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित: २६ वैशाख २०७६ ११:५५ बिहीबार

फरेस्टर घुससहित_फरेस्टर_पक्राउ डिभिजन_वन_कार्यालय