समाज

भाइको छुरा प्रहारबाट दाजु घाइते

सोलुखुम्बु - बुधबार राति भाइको छुरा प्रहारबाट दाई घाइते भएका छन्।   जिल्लाको नेचासल्यान गाउँपालिका ४ मा राई परिवारका दुई दाजु भाईबीच विवाद हुँदा भाइ श्यामले दाजु मोविनलाई छुरा प्रहार गरेका हुन्।

श्यामले मोविनको देब्रे कोखामा छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  घाईतेको नेचा सामुदायीक अस्पतालमा उपचार भईरहेको छ। घाईते खतरामुक्त रहेको प्रहरीको भनाई छ। विवादको विषय खुल्न सकेको छैन्। छुरा प्रहारपछि श्याम कुमार राई फरार रहेका छन्। उनको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २६ वैशाख २०७६ ०५:५४ बिहीबार

छुरा घाइते