समाज

पोलिएका बालकको उपचारमा समस्या, सहयाेग गरिदिन अनुराेध

सर्केगाड गाउँपालिका–८ राहदेव गाउँको आगोमा पोलीएको बालक।

हुम्ला - हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महिने नाबालक छोरा आगोमा परी दुवै खुट्टा पोलिएको छ।

उपचारको लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइए पनि जिल्लामा उपचार सम्भव नभएपछि बाहिर पठाइएको जिल्ला अस्पतालका डाक्टर टसी लामाले बताए।

खाना पकाउने चुलो नजिकै सुताएका बालक चलमलाएपछि आगोमा परेका थिए। दुवै खुट्टा पोलिएर घाइते  बालकलाई आर्थिक अभावकै कारण उपचारमा समस्या भएको आफन्तले बताएका छन्।

उपचारका लागि सदरमुकाम सिमकोट ल्याएको तर बिरामी बालकलाई उपचारमा जटिल समस्या भएको जिल्लामा उपकरण नभएपछि जिल्ला अस्पतालले बाहिर पठाएको बिरामीका आफन्त भारमल बुढाले बताए। यस्तै सिमकोट गाउँपालिका– १ ठेहेका जैपुरी बोहराको सात वर्षका छोरा पनि तातो दाल पोखिँदा शरीरको तल्लो भाग पूरै पोलिएको छ।

उपचारको लागि जिल्ला अस्पतालमा ल्याएको नर भण्डारीले बताए।

प्रकाशित: २५ वैशाख २०७६ १५:४० बुधबार

उपचार_सम्भव बालकको_उपचारमा_समस्या जिल्ला_अस्पताल_सिमकोट