समाज

ब्राउन सुगरसहित नागढुंगाबाट दुई जना पक्राउ

काठमाडाैं - नेपाल प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ३५४८ नंको बस तथा बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ५७६ नंको बस जाँच गर्दा ब्राउन सुगरसहित आज काभ्रेका सुमन रेग्मी र रुपन्देहीका सन्दीप गिरीलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार झोलामा लुकाई ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ।

प्रकाशित: २५ वैशाख २०७६ १५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App