समाज

पेस्तोलसहित चार पक्राउ

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन्। पक्राउपर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेका अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले निजको साथबाट एक थान कटुवा पेस्तोल र १०० ग्राम गाँजासमेत बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको  । रासस

प्रकाशित: २५ वैशाख २०७६ १४:०५ बुधबार

तनहुँ पेस्तोलसहित_पक्राउ