समाज

जबरजस्तीकरणी गर्न खोज्नेविरुद्ध प्रहरीले मुद्दा चलायाे

खोटाङ – महिलालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा खोटाङमा एक पुरुषविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ५४ बर्से कुमारले ४० वर्षीया महिलालाई जबरजस्ती गर्न खोजेको आरोप लागेको छ।

विकलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याएर जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए।

प्रकाशित: २४ वैशाख २०७६ १४:४७ मंगलबार

जबरजस्ती_करणी जबरजस्ती_करणी_उद्योगमा_मुद्दा खोटाङ