समाज

व्यवसायजन्य तथा र स्वास्थ्य सुरक्षा हुनुपर्ने

काठमाडौ – सरकार, रोजगारदाता र श्रमिक मिलेर मात्र मर्यादित, व्यवस्थित, व्यवसायिक, सुरक्षित र स्वस्थ्य कार्यस्थल निर्माण गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।

काम गर्ने स्थल सुरक्षित भए मात्र उत्पादन वृद्धि गर्न सकिने र समृद्ध नेपालको सपना पुरा हुने उनीहरुले बताए। ‘१९ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह—२०७६’ को अवसरमा आयोजित व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी मापदण्ड र कार्यविधि ल्याउने तयारी सरकारको रहेको बताए।

१९ वर्षसम्म विषय उठान मात्र भयो। अबको एक वर्षमा नीतिगत कार्ययोजना आउने सचिव दाहालले बताए। कार्यक्रमका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लालमणि ओझाले सुरक्षित र स्वस्थ्य भएर काम गर्ने वातावरण निर्माण गर्न सकिए मात्र मानवीय तथा भौतिक क्षति कम हुने बताए। नेपाल सरकार, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना र बालविकास समाजको व्यवस्थापनमा भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधी, ट्र्ेड युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रकाशित: २४ वैशाख २०७६ ०३:१४ मंगलबार

रोजगारदाता श्रमिक व्यवसाय स्वास्थ्य_सुरक्षा