समाज

काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाका प्रमुख फेरिए

काठमाडाैँ - प्रहरी प्रधान कार्यालय नक्सालले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखामा प्रमुखको हेरफेर गरेको छ। काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएको हो भने अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएकाे हाे।

विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो । नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिइँदा हालका काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।

 

प्रकाशित: २३ वैशाख २०७६ ०७:५० सोमबार

प्रहरी_प्रधान_कार्यालय महानगरीय_प्रहरी_परिसर अपराध_अनुसन्धान_महाशाखा