समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा आउने

काठमाडौं-  गौतम बुद्ध विमानस्थल सन् २०१९ र पोखरा अन्तराष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा ल्याइने भएको छ। सरकारले आफ्नो तीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोखरा विमानस्थल २०२१ भित्र सञ्चालनमा ल्याउने बताएको हो। पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ४० प्रतिशत पुरा भएको सरकारले जनाएको छ।  निजगढ विमानस्थलको निर्माणकार्य सिघ्र गरिने भएको छ।

त्रिभुवन विमानस्थललाई २४ सै घण्टा सुचारु गर्दै वुटिक विमानस्थल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। ग्रमीण क्षेत्रका विमानस्थलको स्तरोन्तति गरिने समेत राष्ट्रपतिले बताइन्।

बुढी गण्डकी आयोजनामा तिब्ररुपमा काम गर्ने सरकारको लक्ष्य छ। मेलम्ची खानेपानी आयोजना आर्थिक वर्षमै पुरा गर्ने सरकारको लक्ष्य छ। ४ वर्षभित्र मध्यपहाडि राजमार्ग पुरा गर्ने र यो वर्ष कालीगण्डकी करिडोर अन्तर्गत कोरला नाकासम्म १२ महिना सवारी चल्ने बनाउने सरकारको लक्ष्य छ। नयाँ आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ।

 

प्रकाशित: २० वैशाख २०७६ ११:३७ शुक्रबार

नीति_कार्यक्रम विमानस्थल पोखरा