समाज

सात निरीक्षकसहित १७ निष्कासित

रौतहट – राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाका क्रममा रौतहटमा ७ निरीक्षकसहित १७ जना निष्कासित भएका छन्। बिहीबारको परीक्षामा आफ्नो कर्तव्य निर्वाह नगर्ने दुई केन्द्रका ७ जना निरीक्षक निष्कासित भएका छन्। सुबलाल माध्यमिक विद्यालय सन्तपुर र जय किसान माध्यमिक विद्यालय धरहरी केन्द्रका गरी ७ निरीक्षक निष्कासित भएका हुन्।

परीक्षा अनुगमन समितिले सुवलाल मावि केन्द्रबाट तीन तथा जय किसान मावि केन्द्रबाट चारजना निरीक्षकले आफ्नो कर्तव्य निर्वाह नगरेको भन्दै निष्कासन गरेको छ। यसै गरी सुवलाल केन्द्रबाट चार छात्र र पाँच छात्रासहित नौजना परीक्षार्थी निष्कासित भएका छन्। परीक्षामा अमर्यादित काम गर्ने जय किसान केन्द्रकी एक छात्राको परीक्षा नै रद्द गरिएको अनुगमन समितिमा रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख भूपेन्द्र खत्रीले जानकारी गराए।

प्रकाशित: २० वैशाख २०७६ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App