समाज

वीरको कवाडी सामान दुवाकोटमा

काठमाडौं – वीर अस्पताल हाताभित्र अलपत्र परेका लिलामीयोग्य सामान अस्पतालकै जग्गा रहेको भक्तपुरको दुवाकोटमा व्यवस्थापन गरिने भएको छ।

लिलामीयोग्य सामान राख्न अस्पतालले अस्थायी टहरा बनाएको जनाइएको छ। त्यस्ता सामानको ढुवानी शनिबारदेखि थालिएको अस्पतालका निर्देशक केदार सेन्चुरीले बताए।

‘ट्राफिक नियम अनुसार सामान ढुवानी गर्न रातमा मात्र मिल्दो रहेछ,’ उनले भने, ‘त्यही भएर केही समय लाग्ने दखिएको छ।’

अस्पतालको वातावरण सफा राख्नको लागि दुवाकोट लैजाने र पछि प्रक्रिया अपनाएर लिलामी गरिने उनले बताए। लिलामी सामानमा मर्मत हुन नसकेका उपकरण, थोत्रा फर्निचरलगायत गरी पूराना गाडीहरु रहेको उनले बताए।

प्रकाशित: १९ वैशाख २०७६ ०३:३४ बिहीबार

वीर_अस्पताल दुवाकोट