समाज

आगलागीबाट १४ लाखको क्षति

खोटाङ – आगलागीमा घर जल्दा खोटाङमा १४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। साकेला गाउँपालिका–३ खिदिमास्थित मुङ्लाका मनबहादुर खड्काको घर जल्दा १४ लाख ४० हजार रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए। उनका अनुसार आगलागीमा खड्काका दुईवटा घर, गोठ, नगद तीन लाख, एउटा खसीलगायत परेका छन्।

घर जलेपछि खड्का परिवारको बिचल्नी भएको छ। घरमा लागेको आगो स्थानीय र प्रहरीचौकी मात्तिमबाट खटिएको प्रहरी टोलीले राति साढे १ बजे नियन्त्रणमा लिएको बताइएको छ। आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरी निरीक्षक खड्काले बताए।

प्रकाशित: १९ वैशाख २०७६ ०२:५८ बिहीबार

आगलागी क्षति