समाज

उपचार खर्च तिर्न नसक्दा बन्धक

ताप्लेजुङ - संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वाथ्या उपचारको हक ग्यारेन्टी गरेको छ। यसको अर्थ नागरिकको स्वाथ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो। तर ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका–२, थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ भए पनि घर जान पाएका छैनन्।

२०७५ मंसिर २६ गते झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका लिम्बू उपचारबापत लागेको खर्च बुझाउन नसक्दा १५ दिनदेखि अस्पतालकै शड्ढयामा बन्धक छन्। ‘१५ दिनअघि घाउ त ठीक भएको हो तर उपचार खर्च तिर्ने पैसा नभएकाले अस्पतालमै बन्धकजस्तै भएर बस्न बाध्य छु,’ सर्जरी वार्डको २२ नम्बर शड्ढयामा रहेका लिम्बूले भने।
अस्पताल प्रशासनका अनुसार लिम्बूको उपचारमा औषधिसहित कुल १४ लाख नौ हजार आठ सय ४४ रुपैयाँ खर्च भएको छ। कुल खर्चमध्ये दुई लाख रुपैयाँ लिम्बूका तर्फबाट फुुपूहरुले अस्पताललाई बुझाइदिएका छन् भने तीन लाख ४१ हजार पाँच सय रुपैयाँ सुमित लिम्बूका काका सुरेन्द्रमार्फत भुक्तान भएको अस्पतालका एक कर्मचारीले बताए।

लिम्बूले उपचार र औषधि खर्च गरी अझै आठ लाख ६८ हजार तीन सय ४४ रुपैयाँ बुझाउन बाँकी रहेको ती कर्मचारीले जानकारी दिए। जसमध्ये उपचार खर्च (औषधिबाहेक) अन्तर्गत सात लाख ४२ हजार २५ रुपैयाँ अस्पताललाई र औषधि खरिदबापत फार्मेसीलाई बुझाउनुपर्ने एक लाख २६ हजार ३ सय १९ रुपैयाँ छ। बुझाउन बाँकी यो रकम मंगलबारसम्मको हो। उनले शड्ढयाको दैनिक सात सय रुपैयाँ बुझाउनुपर्छ।
अस्पताल प्रशासन विभागका कर्मचारी खगेन्द्र पौडेलले लिम्बूका तर्फबाट उपचार खर्चअन्तर्गत चार लाख ८० हजार पाँच सय र औषधिबापतको ६१ हजार रुपैयाँ भुक्तान भएको बताए। उनले लिम्बूले बुझाउनुपर्ने बाँकी रकम प्राप्त भए तत्काल डिस्चार्ज पुर्जी दिइने जानकारी दिए। लिम्बूका अनुसार चिकित्सकले उनलाई पूरै ठीक भइसकेको बताएका छन्। ‘खाना आफन्तले ल्याइदिनुहुन्छ,’ लिम्बूले भने।

बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका सन्देश लिम्बू घाउ निको भए पनि उपचार र औषधिबापतको खर्च बुझाउन नसक्दा घर फर्कन पाएका छैनन्।

अस्पताल प्रशासन विभागका कर्मचारी पौडेलका अनुसार पेटमा गोली लागेर गम्भीर अवस्थामा अस्पताल भर्ना भएका लिम्बूलाई चिकित्सकले लगातार चार महिनाभन्दा बढी समय लगाएर उपचार गरेपछि अहिले उनी तन्दुरुस्त भएका छन्। ‘पहिला मान्छे बचाउनु ठूलो कुरा थियो,’ पौडलले भने, ‘त्यस्तो गम्भीर अवस्थामा आएका उनलाई अस्पतालले कुनै नाइँनास्ती नगरी उपचार ग¥यो। अहिले निको भएपछि उपचारबापतको रकम अस्पतालले पाउन सकेको छैन।’ उनले उपचार खर्च भुक्तानीका लागि अस्पताल प्रशासनले पाँचथरको पाथीभरा याङ्बरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो सुब्बासँग समेत समन्वय गरिरहेको जानकारी दिए।
गाउँपालिका अध्यक्ष मेन्याङ्बोले आर्थिक अवस्था कमजोर भएको सन्देशको परिवारले औषधिसहित उपचारखर्च अस्पताललाई भुक्तान गर्न नसक्दा डिस्चार्ज हुने नसकेको जानकारी आफूले पाएको र अस्तालबाट निकाल्न आफूले पहल गरिरहेको बताए। तर अस्पताललाई बुझाउनुपर्ने यति धेरै रकम जुटाउने हैसियत गाउँपालिका र सन्देशको परिवार दुवैको नभएको जानकारी पनि उनले दिए।

अध्यक्ष मेन्याङ्बोका अनुसार स्थानीय एउटा बिहे भोजमा गएका सन्देश साथी सुमितको आग्रहमा सिकार खेल्न गएका थिए। सिकार खेल्न गएका बखत सुमितले बोकेको बन्दुकबाट छुटेको गोली सन्देशको पेटमा लागेको थियो। घटनालगत्तै सुमितले यसबारे आफ्ना काका सुरेन्द्रलाई जानकारी गराएका थिए। त्यसपछि सुरेन्द्र आफैंले घाइते सन्देशलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पु¥याएका थिए। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सुरेन्द्रले नै सन्देशलाई मंसिर २६ गते बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगेर भर्ना गराएका थिए। सुमित भने घटनापछि फरार छन्।
फोटो ः

उपचार खर्च तिर्न नसक्दा बिर्तामोडस्थित बी एन्ड सी अस्प्तालको शड्ढयामै बस्न बाध्य सन्देश लिम्बू (सेतो भेस्ट लगाएका) लाई भेट्न पुगेका प्रदेश सांसद बलबहादुर साम्सोहाङ (टोपी लगाएका) र पाँचथरको पाथीभरा याङ्बरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो सुब्बा (चस्मा लगाएका)। तस्बिर ः खगेन्द्र÷नागरिक नागरिक।

प्रकाशित: १८ वैशाख २०७६ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App