ललितपुर– ‘अहिले सहरी केटाकेटीलाई दूध कहाँबाट आउँछ भनेर सोध्दा प्लास्टिकको थैलोबाट भन्ने जवाफ आउँछ, गाई, भैसी, बाख्रा, पाठा, हाँस कुखुरा विरलैले मात्र छुट्याउन सक्छन्, अधिकांशले चिन्दैनन्,’ इडु फार्मका सञ्चालक सोम पनेरूले भने।
यस्ता केटाकेटीलाई शिक्षा र हाइकिङको मनोरञ्जन दिने उत्साहका साथ डेढ वर्षअघि पशुपक्षी र किराफट्यांग्रा भएको फार्म बनाउन सुरु गरे। अझै पूर्वाधार तयार हुँदै छन्। यद्यपि सामान्य हिसाबले भने पहुँनाहरू आउन थालिसके। अर्गानिक खाना खान पाइन्छ, गुन्द्रुक भटमास साधेको र पक्वान अनि स्थानीय जडीबुटीबाट बनेको सर्वत त्यहाँ पुग्ने पाहुनालाई पहिलो स्वागत भएको पनेरू बताउँछन्। जीवन र जगतलाई चिनाउने उद्देश्यसहित फार्म स्थापना गरेका हौं,’ उनले भने।
सबैभन्दामाथि पाहुनालाई स्वागत र बासस्थानको लागि निर्माण गरिएका साना साना बाँसका कटेल, त्यसको तल पशुपक्षीका लागि छुट्टै पशुपक्षी र किरा फट्याँग्रा गाउँ अनि गाई भैंसीका लागि लगाइएको घाँस र आउने पहुनाको लागि तरकारी लगाउने जमिन ललिपुरको एकान्तकुनाबाट सात किलोमिटर टाढा रहेको इडुफार्मको दृश्य हो यो।
२०७४ भदौबाट गोदावरी नगरपालिका–९, छम्पी भञ्ज्याङमा १८ रोपनी जग्गा भाडामा लिएर फार्म निर्माण सुरु भयो। पनेरूले सन् २०६५ मै फर्म दर्ता गराएका थिए। डेढ वर्ष अघिमात्र निर्माण कार्य अघि बढाएका हुन्। वर्षामा कतै कतै मकै हुने फुस्रो काँडाले ढाकेको डाँडो अहिले पशुपक्षी र हरियालीका कारण ग्रिनरी भिजेज बनेको छ। निर्माण कार्य सुरु गरेको यो अवधिमा साढे दुई करोड लगानी भइसकेको छ। मंसिरदेखि सञ्चालनमा आएको फार्म अहिले खर्च धान्न सक्ने अवस्थामा पुगेको छ। फार्ममा मासिक चार लाख जति खर्च छ, जनशक्ति र पशुपक्षीको आहारका लागि।’ फार्ममा आठ जना कर्मचारी छन्।
‘फार्म सञ्चालनमा आएको ६ महिना मात्रै भयो, खर्च धान्न जिनोतिनो पुगेको छ। ४० जनासम्मलाई सहजै म्यानेज गर्न सकिन्छ,’ थापाले भने ‘हामीसँग पहुँनाको सुविधाको लागि अन्य विकल्प पनि छन्। फार्म सञ्चालनमा आएको ६ महिनामात्रै भएकोले अहिलेसम्म कुनै यस्तो अवसर आएको छैन। बेलुका रात बस्ने भन्दा कलेज तथा स्कुलबाट घुम्न आउने बढी हुन्छन्,’ थापाले भने।
हामी बिहान उठेपछि बेलुकी नसुतेसम्म कृषिजन्य वस्तु उपभोग गर्छौं। उपभोग्य वस्तु कहाँबाट आउँछ वा कहाँ उत्पादन हुन्छ भन्ने हाम्रा सन्तानलाई थाहा छैन। उत्पादननै नगरे पनि हाम्रा उपभोग्य वस्तुको रिसोर्स थाहा पाउन भने अत्यन्त आवश्यक छ,’ पनेरूले भने, ‘अध्ययनको क्रममा देशविदेश घुमियो। त्यहाँबाट शिक्षा लिए र त्यसलाई सिर्जनामा उतारें।’
१८ वर्षभन्दा माथिकाले प्रवेश शुल्क वापत तीन सय शुल्क तिर्नुपर्छ। बस्न आउने पाहुनाले भने प्रवेश शुल्क तिर्नु पर्दैन। बास बस्दै गएको आफू चाहेको परिवार ढिँडो, लोकल कुखुराको मासु अन्य इच्छाअनुसारका परिकारको स्वाद लिन पाउँछन्।
‘यस्तो किसिमको फार्म खोल्ने इच्छाभित्रैबाट जागृत भएर आयो। यसै सिलसिलामा सल्लाह गर्दा रिर्सोट टाइपको ज्ञान दिन सकिने फार्म खोल्ने निर्णय भयो। र डेढ वर्षको कडा मेहनतले यस्तो सिर्जना गरियो। म आफैं ग्रामीण परिवेशमा हुर्केको मान्छे सोम सरको कृषि फार्म रिसोर्ट सहितको योजनाले मलाई हौसायो, र सहर्ष स्वीकारें,’ अर्को संचालक दिपक थापाले भने।
पनेरुको शिक्षा दिने कृषि फार्म खोल्ने इच्छा छम्पीका दिपक थापासँग भेट भएपछि यसले साहाकार रुप पायो। बालबालिकाकै क्षेत्रमा काम गरेका पनेरुलाई ग्रामीण र सहरी परिवेशमा हुर्केका केटाकेटीको फरक मानसिकता बुझ्न मद्दत गर्यो। सहरमा हुर्केका केटाकेटीे खेतबारीमा जान डराउने, पशुपक्षी नचिन्ने वा धूलो र हरियो पात समाउँदा एलर्जी हुँदोरहेछ। यिनीहरूको तुलनामा ग्रामीण केटाकेटी निडर हुनाका साथै उकाली–ओराली हिँड्न, खोलानदीमा खेल्न, वन–जंगल चहार्ने खप्पिस हुन्छन्।
कोइली, ढुकुरलगायतका चराको सुरिलो आवाज र टर्किस, न्याउली, लौकाटलगायत फार्ममा पाल्न मिल्ने र सबै चराचुरुङ्गी देख्न पाइन्छ यहाँ। प्राय जंगलमा बासस्थान बनाउने चरा यस फार्ममा बस्न आउँछन्। फर्मले उनीहरूको आहार र बासको व्यवस्था मिलाइदिएको छ।
महानगरमै जोडिएको इडुफार्ममा पुग्नेले एक सय रुपैयाँको टिकट काटेपछि दिनभरि घुम्न र आतिथ्य संत्कारका लागि दिइने साधेको गुन्द्रुक र पक्वानको मज्जा लिन पाउँछन्। १८ वर्षभन्दा माथिकाले प्रवेश शुल्क वापत तीन सय शुल्क तिर्नुपर्छ। बस्न आउने पाहुनाले भने प्रवेश शुल्क तिर्नु पर्दैन। बास बस्दै गएको आफू चाहेको परिवार ढिँडो, लोकल कुखुराको मासु अन्य इच्छाअनुसारका परिकारको स्वाद लिन पाउँछन्।
उनीहरूको कौतुहलता मेटाउनुका साथै परिवारलाई रिजनल प्राइसमा बसोबासको सुविधा फार्म सक्षम छ। जति पनि पहुँना आउनुभएको छ, उहाँहरू खुसी नै भएर फर्केको अर्का सञ्चालक थापाले बताए। पाहुनालाई सत्कार गर्ने आफ्नै मौलिकता भएको उनले बताए।
‘दिउँसो सयरमा गए पनि बेलुका यही फर्कन्छन्, जसरी मानिस दिनभर काम गरेर बेलुका घर फर्कन्छ,’ पनेरुले भने, ‘पशुपक्षी भिलेजमा धेरै केटाकेटीले मस्ती लिन्छन्। न्याउली, मयुर, कालिज, माटिकोरे अनेक पक्षी छन्। फार्मलाई नियाल्दा जंगल देखिए पनि त्यसभित्र चट्ट मिलाएर राखिएको पशुपन्छी र कीरा–फट्यांग्रा पाठशाला छ। लप्सी, ओखर, विभिन्न जातका फलफूल छन्।
केटाकेटीलाई कृषि शिक्षा दिने र कृषि पर्यटनको उद्देश्यले खोलिएको यो फार्मको डिजाइन सोम आफैंले गरेका हुन्। डिजाइनको सबै काम आफैंले गरे,’ सोमले भने। कुनै प्राविधिकको सहयोग आवश्यक ठानिएन। जमिनको केही भागमा तरकारी खेती गरिएको छ। उनीहरूले आफूलाई बढी भएका उत्पादन बिक्री गर्छन्। फार्ममा उत्पादन नहुने आवश्यक कृषि उपज गाउँबाटै किन्छन्।
यहाँ आइपुगेका केटाकेटीहरू खासगरी पशुपन्छी र खेतीपाती देखेर बालबालिकाहरू रमाउने गरेको थापाले बताए। केटाकेटीहरू यो कृषि फार्ममा तीन चार घन्टा आनन्दले घुम्छन्।
सहरी तनावबाट मुक्त हुन पछिल्लो समय लोअर मिडिल र मिडिल क्लासका मानिसको गन्तव्य बनेको छ इडुफर्म, पनेरुले भने, ‘हामीले पाहुनालाई प्रकृतिको मनोरञ्जन दिन खोजेका छौं।’
फार्मबाट हाइकिङका लागि दक्षिण एसियाकै पहिलो जलविद्युत् आयोजना चन्द्रज्योति जलविद्युत, बुङमति र लेलेको टीकाभैरव जान सकिन्छ।
प्रकाशित: १७ वैशाख २०७६ १३:३८ मंगलबार