समाज

वीरगन्जमा भीषण आगलागी

वीरगन्ज - वीरगन्जको श्रीपुरस्थित एक उद्योगमा भीषण आगलागी भएकाे छ। मंगलवार साँझ ६ बजे अागलागी भएको प्रहरीले जनाएको छ।

'केमिकल भएको उद्योग हो, नाम र अरु विवरण अाउन बाँकी छ, आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ,' पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, 'यति क्षति भयाे भन्ने अवस्था छैन।'

आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खटिएका छन्। वीरगन्ज महानगरपालिकाका २ वटा दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ।

बाक्लो बस्तीबीच उक्त आगलागी भएकाे र मानवीय क्षति कति भयाे भन्नेबारे पनि पत्ता लाग्न सकेकाे छैन।

प्रकाशित: १७ वैशाख २०७६ १३:२५ मंगलबार

आगलागी वीरगन्ज_महानगरपालिका मानवीय_क्षति