समाज

चट्टान फुटाउन लागेको एस्काभेटर कर्णालीमा खस्यो

हुम्ला - चट्टान फुटाउने क्रममा एस्काभेटर कर्णाली नदीमा खसेको छ।

कर्णाली करिडोर अन्तगरगतको हुम्ला जिल्लाभित्र पर्ने खार्पु छारे खण्डको घुम्ने (घोडाबान) भन्ने ठाउँमा सडक निर्माणका क्रममा एस्काभेटर खसेकाे हाे।

चट्टान फुटाइरहेको बेला माथिबाट चट्टान र रुखहरु आएपछि चट्टान, रुख र एस्काभेटरहरु सँगै ३०मिटर तल कर्णलीमा खसेको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकिशोर शाहीले बताए।

कर्णाली करिडोरको खार्पुदेखि छारे खण्डको घुम्नेमा बाटो निर्माण गर्ने क्रममा चट्टान फुटाउँदा एस्काभेटर नदीमा खसेको थियो। चालक विष्णु बुढालाई तत्काल सकुशल उद्धार गरी खार्पुनाथमा रहेको स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराई जिल्ला अस्पताल सिमकोट लगिएको हुम्ला प्रहरी प्रमुख डीएसपी रामप्रसाद घर्तीमगरले बताए। चालक बुढाको छाति, टाउको र ढाडमा सामान्य चोट लागेको छ।

खार्पु देखि छारे सम्मको १६ किलोमिटर सडक निर्माणको जिम्मा पाएको पीएस द क्याराभान कंग्री जेभिलले खार्पुनाथ पालिकाको केन्द्र याङचुबगरबाट साढे १ किलोमिटर दक्षिण् स्थित कर्णली नदी तिरको घुम्ने भीर (घोडाबान)मा सडक खनि रहेको थियो। स्काभेटर कर्णालीको भेलमा खसेकाले निकाल्न नसकिने याङचु प्रहरी चौकी खार्पुलाई उद्धित गर्दै  प्रहरी प्रमुख घर्तीमगरले बताए।

 

प्रकाशित: १७ वैशाख २०७६ ११:४१ मंगलबार

कर्णाली_नदी एस्काभेटर चट्टान कर्णाली_करिडोर