समाज

तीनपानेमा जीप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं - लतिपुरको बाग्मती गाउँपालिका –३ तीनपानेमा गएराति भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरी बर्दिबासका १९ वर्षीय विशाल थापामगर, ललितपुर तीनपानेकी १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तान रहेको प्रहरीले जनाएको छ।

तीनपानेबाट भट्टेडाँडातर्फ जाँदै गरेको बा ५ च ५६९६ नम्बरको जीप सोमबार राती दुर्घटना भएको थियो। दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेको ललितपुरको आनन्द वन अस्पतालमा उपचार भइरहेको छ। स्टेरिङ्ग फेल भएका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ।

प्रकाशित: १७ वैशाख २०७६ ०३:३६ मंगलबार

बाग्मती_गाउँपालिका जीप_दुर्घटना