समाज

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्युु, एक जना हाम फालेर बाँचे

पाल्पा– पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ। लु१ज१९४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको पाल्पाका एसपी विश्वमणी पोखरेलले बताए।

निस्दी गाउँपालिका सात  हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। जिपमा ६ जना सवार रहेको र एक जनाले हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ। प्रहरी टोली घटना स्थलमा छ।

प्रकाशित: १६ वैशाख २०७६ १२:४१ सोमबार

जिप_दुर्घटना पाल्पा जन्ती मृत्यु