समाज

श्रीमतीको हत्या आरोपमा श्रीमानसहित तीन पक्राउ

कपिलवस्तु- बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ।

सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए। पक्राउ परेका तीन जनाउपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १६ वैशाख २०७६ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App