विकटता भित्रको सुन्दरता(फोटो फिचर)
जुम्ला - जुम्लाको तिला गाउँपालिका चार वटामा वडामा अहिले सम्म सडक पुग्न सकेको छैन्। तत्कालिन २६ वटा गाबिस मध्ये मालिकाठाँटा र घोडेमहादेब क्षेत्रमा अहिले सम्म सडक पुग्न नसकेको हो। अहिले पनि स्थानीय पिठ्युमा भारी बोकेर गुजरा चलाउनु परेको छ। तर त्यहाँको सुन्दरता वर्णन गरि नसक्नु छ। थरीथरीका फुल। बहुमुल्य जडिबुटीको खानी जस्तै छ। त्यो क्षेत्र। भौगोलिक रुपमा जति विकट मानिए पनि सुन्दरताका हिसावले निकै निकट मानिदै आएको छ।
जोसुकैले पैदल यात्रा गर्दा सुरुवातमा निकै कष्टपुर्ण अनुभुति गर्छन्। जब हिड्दै अघि बढ्छन्। त्यहाको प्राकृतिक सौन्दर्यताले लालयित हुन्छन्। फर्कदा त्यो सुन्दरता क्यामरामा कैद गरेर फर्कन्छन्। गन्तब्यमा पुगिसकेपछि मात्रै त्यो दृश्यको बिभिन्न कोणबाट ब्याख्या गर्न थाल्छन्।अहिले सम्म सडक सञ्जाल जोडिन नसकेको प्रति दुख पोख्छन्। त्यहाँ देखिने पाटन तथा खर्कहरु। घना जंगल भित्र थरीथरिका रुख बिरुवा। खोला नालामा बग्ने कञ्चन चिसो पानी। स्थानीय पहिरनले मनै लोभ्याउँछ। स्थानीय भिमबहादुर रावत बिकट्ता भित्रको सुन्दरताको खानी भएपनि स्थानीय सरकारले पहिचान गर्न नसकेको गुनासो गर्छन्। उनले भने,“केन्द्रिकृत सत्ता हुने बेला पनि यो
क्षेत्रको विकास हुन सकेन्। गाउँगाउँमा सिंहदरवारका रुपमा आएको स्थानीय सरकारले पनि आफ्नो दुई बर्षमा केहि खुसी छर्न सकेन्। ” यो क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ। त्यो भन्दा पनि बेसी धार्मिक पर्यटनको ब्याख्यान भएको क्षेत्र हो। प्राय घरपिच्छे बिभिन्न देविदेवताका मठमन्दिर छन्। पुर्खाहरुको भाषा संस्कृति कायमै छ। ढुङ्गाको छानाले छाएका घरहरु छन्। भिमबहादुरले भने,“गाउँमा सडक पुग्न सकेको छैन्। सडक निर्माणाधिन अवस्थामा छ। पुल नबन्दा सम्म सडक प्रयोगमा आउन सक्ने देखिदैन्। अहिले त्यो क्षेत्रमा घुम्न आन्तरिक देखि बाह्य पर्यटक समेत आउँछन्। परम्परागत रिति संस्कृतिले भरिपुर्ण भएकोले आधुनिकताले हस्तक्षेप गर्न सकेको छैन्।
तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा प्राकृतिक सौन्दर्यता हरण हुन नदिन स्थानीय सरकारले गाउँपालिका बस्तुगत योजना र आवधिक योजना तर्जुमा भईसकेको बताउँछिन्। उनले भनिन्,“यहाँको सुन्दरता हेर्न पाउँदा जुनसुकै ब्यक्ति मोहित हुनेछन्। यो क्षेत्र अध्ययन अनुसन्धानको क्षेत्र बन्ने प्रबल संभावना छ। प्रायप्त चरन क्षेत्र भएकोले पशुपालनका दृष्टिले निकै उपयुक्त क्षेत्र पनि हो। पर्यटकमैत्री योजना बनाउनको लागि हरबखत तयारी अवस्थामा छौँ।” स्थानीयले भने बिकासका नाममा जथाभावी डोजर प्रयोग गर्दा प्राकृतिक सुन्दरता हरण हुदै गएको बताउँछन्। वाातावरण प्रभाव मुल्याकंन नगरि खनिएको सडकले भूक्षय र बाढी पहिरोको संभावना बढेकोले सुन्दरता कुरुप बन्दै जान सक्ने अवस्थालाई दृष्टिगत गर्दै सुन्दरता बचाउने अभियान थाल्न स्थानीयले माग गरेका छन्। यो क्षेत्रमा रातो पण्डा, कस्तुरी, झारल, रतुवा, चितुवा, भालु, घोरल, बँदेल, डाँफे, मुनाल, कालिज, लौठे सल्लो, पाखनवेद, हातेजडी, सतुवा, पाँचऔंले, अत्तिस, टिमुर र बाज, गुराँस, सल्लो, उत्तीस, देवदार पाइन्छ।