समाज

डुबेर दाजुभाइको मृत्यु

सोलुखुम्बु – खोलामा पाहा भ्यागुतो मार्न गएका दाजुभाइ मृत फेला परेका छन्। शनिबार साँझ पाहा भ्यागुतो मार्न रोकखोला गएका सोताङ गाउँपालिका–४ रोकका २१ वर्षीय बालकुमार राई र १७ वर्षीय मानवीर राई मृत फेला परेका हुन्। आइतबार बिहान १० बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी थालेका थिए। रोकखोला तैरिराखेको अवस्थामा भाइ मानवीरको शव फेला परेको केही घन्टामा करिब २० मिटर तल एक छाँगामा दाजु बालकुमारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। वर्षापछि आउने भलबाढीसँगै पाहा भ्यागुतो पनि बाहिर फेला पर्ने भएकाले ती राई दाजुभाइ रातको समयमा रोकखोला गएका थिए। पाहा भ्यागुतोलाई औषधिका रूपमा प्रयोग गर्ने गरिन्छ।

प्रकाशित: १६ वैशाख २०७६ ०१:३३ सोमबार

दाजुभाइ मृत्यु डुबेर