समाज

पाहा भ्यागुतो मार्न गएका दाजुभाईको खोलामा डुबेर मृत्यु

सोलुखुम्बु– खोलामा पाहा भ्यागुतो मार्न गएका दाजुभाई मृत फेला परेका छन्। शनिबार साँझ पाहा भ्यागुतो मार्नका लागि रोकखोला गएका सोताङ गाउँपालिका ४ रोकका २१ बर्षिय बाल कुमार राई र १७ बर्षिय मानवीर राई मृत फेला परेका हुन्। 

आइतबार विहान १० बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी थालेका थिए। रोकखोला तैरिराखेको अवस्थामा भाई मानवीरको शव फेला परेको केहि घण्टामा करिब २० मिटर तल एक छाँगामा दाजु बाल कुमारको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बर्षापछि आउने भलबाढीसंगै पाहा भ्यागुतो पनि बाहिर फेला पर्ने भएकाले ती राई दाजुभाई रातको समयमा रोकखोला गएका थिए। पाहा भ्यागुतोलाई औषधिको रुपमा प्रयोग गरिन्छ।

प्रकाशित: १५ वैशाख २०७६ १२:५५ आइतबार

पाहा_भ्यागुतो रोकखोला दाजुभाई मृत्यु