समाज

हावाहुरीले घरटहरासहित बिजुली पोल तहसनहस

जनकपुरधाम– शनिबार राति आएको पानी र हावाहुरीले धनुषाका विभिन्न ठाउँमा क्षति पु-याएको छ।

हावाहुरीका कारण जनकपुरको पुलचोकमा रहेको घर टहरा, विजुलीको पोल, रुखहरु ढलेको छ भने ग्रामीण क्षेत्रमा बालीनाली नष्ट हुनुको साथै विजुलीको पोल तथा तारहरु क्षतिग्रस्त भई सडकमा ढलेको छ।

भौतिक रुपमा क्षति भए पनि मानवीय क्षति नभएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए। विभिन्न स्थानमा भएको क्षतिबारे तथ्यांक संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

प्रकाशित: १५ वैशाख २०७६ ०४:४५ आइतबार

हावाहुरी क्षति धनुषा