समाज

चिनको मेडिसिटीमा हुँदै

काठमाडौं – अन्नपूर्ण हिमाल क्षेत्रबाट उद्धार गरिएका मलेसियन नागरिक वि किन चिनको काठमाडौंको मेडिसिटी अस्पतालमा आइसियूमा उपचार भइरहेको छ। अन्नपूर्ण हिमाल आरोहण गरी फर्कंदा हराएका चिनको हेलिकोप्टरबाट उद्धार गरी मेडिसिटी अस्पताल ल्याइएको थियो।

मेडिसिटी व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्याटिन सर्भिसका तेन्जिङ कुन्सल बज्राचार्यले चिनको शुक्रबार बिहान ११ बजे इमर्जेन्सीमा भर्ना गरिएको जानकारी दिए। उनका अनुसार चिनको अवस्था गम्भीर भएरै आइसियूमा राखिएको हो।

प्रकाशित: १४ वैशाख २०७६ ०२:१२ शनिबार

अन्नपूर्ण_हिमाल मेडिसिटी_अस्पताल उपचार