समाज

जिउँदै जलाइएकी कञ्चनकाे मृत्यु

काठमाडौं - पति र सासूले जलाएका जिउँदै जलाएर घाइते भएकी सिरहाकी कन्चन मण्डलको निधन भएको छ। सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार क्रममा उनको मृत्यु भएको हो । 

कल्याणपुर नगरपालिका–८ की २१ वर्षीय मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या प्रयास थिए ।

कन्चनको शरीरको ५० प्रतिशत माग जलेको थियो। जलिरहेको अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा ल्याइएको थियो। 

श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन मण्डल फरार छन् भने कन्चनकी सासूलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: १३ वैशाख २०७६ १२:५१ शुक्रबार

जिउँदै_जलाएकी कञ्चन_मण्डल बिपी_स्वास्थ्य_विज्ञान_प्रतिष्ठान फरार