समाज

इन्जिनियरहरुको सामुहिक राजीनामा

काठमाडाैं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका करिव ४ हजार इन्जिनियरहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै सामूहिक राजीनामाको घोषणा गरेका छन्।

पत्रकार सम्मेलनमा पुनर्निर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिका अध्यक्ष इन्जिनियर अविनाश अमरले पटकपटक आफ्ना जायज माग राख्दा पनि सरकार संवेदनशील नबनेको भन्दै बाध्य भएर सामूहिक राजीनामा गर्नुपरेको बताए। पत्रकार सम्मेलन गर्दै समितिका ३२ जिल्लाका इन्जिनियरहरुले आजैको मितिबाट लागु हुनेगरी राजीनामा दिएका हुन्।

समिति गत चैत्र ३ गतबाट भौगोलिक भत्ता, सञ्चार खर्च, स्थायित्व निरन्तरता लगायतका ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको थियो।

 

प्रकाशित: १२ वैशाख २०७६ ११:३३ बिहीबार

राष्ट्रिय_पुनर्निर्माण_प्राधिकरण इन्जिनियर