समाज

लागुऔषधसहित एक जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी वृत कालिमाटीले लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ। बिहिबार प्रहरीले करिब ११ बजे किर्तिपुर बस्ने बारा पतरहुट्टा गाउँपालिका–२ का प्रिन्स कुमार सिहंलाई कलंकी चोकबाट पक्राउ गरेको हो।

प्रहरीले सिंहलाई शंका लागि चेकजाँच गर्दा साथबाट लागुऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट बरामद गरी थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १२ वैशाख २०७६ ०९:५३ बिहीबार

लागुऔषध प्रहरी नाईट्राभेट प्रिन्स_कुमार_सिहं