समाज

एनसेलले कर नतिरेको भन्दै नेकपाका भातृसङ्गठनको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतले तोकेको ७ दिनको समयसीमा भित्र दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर नतिरेको भन्दै  विज्ञप्ती निकालेका छन्। सर्वोच्चको आदेश हुँदा पनि एनसेलले कर नतिर्नु खेदजनक भएको विज्ञप्तीमा उल्लेख छ। वाइसीएल, युवासंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्षको हस्ताक्षर रहेको विज्ञप्तीमा एनसेललाई शीर्घ कर बुझाउन अपिल गरिएको छ।

विज्ञप्तीमा आफु मातहतका सबैलाई एनसेलको सीम प्रयोग नगर्न आग्रह गर्दै २४ घण्टा भित्र एनसेलले कर नतिरेको खण्डमा विरोधका कार्यक्रम अघि सार्ने उल्लेख छ।  
 

सर्वोच्च_अदालत एनसेल कर अनेरास्ववियू वाइसीएल युवासंघ