नागरिक नायक घोषित संस्कृतविद् जोशीले आफू नेवारी समुदायमा जन्मिएका कारण सुरुमा नेपाली भाषा नजान्दा समस्या परेकाले यसै भाषामै केही गरेर देखाउनुपर्छ भन्ने लागेकाले नेपाली भाषा र संस्कृतिको अध्ययनमा लागेको बताए। नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुरा गर्दै उनले आफूले नेपाली भाषा र संस्कृतिको क्षेत्रमा अध्ययन गर्दा निकै दुःख कष्टसमेत गर्नुपरेको बताए। भाषा र संस्कृतिको अध्ययनका लागि विकट कणालीको सिन्जा उपत्यका जाँदा भोगेका दुःख कष्टबारे जानकारी गराउँदै उनले निरन्तरको प्रयासले आफूलाई यस क्षेत्रमा केही गर्न सफलता मिलेको बताए।
सताब्दी पुरुष जोशीले लामो जीवन जिउनु मात्र ठूलो कुरा नहुने भन्दै अर्थपूर्ण जीवन जिउन सकेमात्र त्यसको महत्व रहने बताए। त्यस्तै अर्का नागरिक नायक गौतमले पिछडिएको समुदायमा शिक्षाको माध्यमबाट ज्योति छर्न आफू लागिपरेको बताए। रिपब्लिका अग्रेजी दैनिकका सम्पादक सुभाष घिमिरेसँग कुरा गर्दै उनले शिक्षकहरुले जागिरे होइन, सेवाका हिसाबले सोच्नुपर्ने बताए। उनले चौरी गोठमा बस्ने भाइबहिनीहरुको भविष्य उज्ज्वल बनाउन आफूले केही योगदान दिन खोजेको मात्र बताए।
अर्का नागरिक नायक सिंघनियाले फोहोरको डंगुरले भरिने मसानघाटलाई सुन्दर बनाएर स्वर्गको द्वार बनाउने क्रममा निकै दुःख गर्नुपरेको बताए।कहिल्यै नागरिक समाजबाट मिलेको सहयोगका कारण अन्ततः आफूले सुरु गरेको अभियानमा सफलता प्राप्त भएको उनले नागरिक शुक्रबार साप्ताहिकका सम्पादक केपी ढुंगानासँगको कुराकानीमा बताए।
प्रकाशित: १२ वैशाख २०७६ ०२:३७ बिहीबार