समाज

डडेलधुरा बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ६ पुग्याे

डडेल्धुरा – भीमदत्त राजमार्गको शाहुखर्कमा भएकाे यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनुकाे संख्या ६ पुगेकाे छ।

दुर्घटनामा परी पाँच जनाकाे घटनास्थलमै ज्यान गएकाे थियाे भने एक जनाकाे उपचार क्रममा धनगढी लैजाने क्रममा निधन भएकाे हाे । गम्भीर घाइते विहारका १८ बर्से माेहम्मद गुलजार भएका प्रमुख जिल्ला अधिकारी माेहनराज जाेशीले जानकारी दिए।

दुर्घटनामा ३४ जना घाइते भएका छन्। गम्भीर घाइते ६ जनाको थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट रेफर गरिएको छ। २८ जना सामान्य घाइते छन्। कैलालीको अत्तरियाबाट बझाङ जाँदै गरेको ना६ख १८३१ नं.को कर्णाली रिभर यातायातको बस दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरुमा बझाङ केदारस्यु गाउँपालिकाका २५ वर्षीय नरेन्द्रगुरु धामी, केदारस्यु बागथलाका हरुली बोहोरा र कलसीदेवी गुरुधामी, तलकोट ४ का ४४ वर्षीय धनबहादुर घर्ती, र भारत बिहारका २५ बर्से नसिर कटिहारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 

प्रकाशित: ११ वैशाख २०७६ १३:०३ बुधबार

शाहुखर्क कर्णाली_रिभर_यातायात डडेलधुरा_दुर्घटना