समाज

आज मात्रै भूकम्पको तीन धक्का

काठमाडौं– आज मात्रै भूकम्पको तीन वटा धक्का महसुस गरिएको छ। धादिङको नाैविसे आसपास केन्द्रविन्दु भएर तीन वटै भूकम्पको धक्का गएको हो।

बुधबार बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ रेक्टरस्केल, बिहान ६ बजेर ४० मिनेट जाँदा ४.२ रेक्टरस्केल र दिउँसो ३ बजेर ५ मिनेट जाँदा ३.९ रेक्टरस्केलको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

 

प्रकाशित: ११ वैशाख २०७६ ११:११ बुधबार

भूकम्प धादिङ धक्का