समाज

मदिराले मातेर महिलाको बलात्कार, स्थानीयले समातेर प्रहरीकाे जिम्मा लगाए

गुल्मी– जिल्लाको छत्रकोट गाउँपालिकामा एक महिला बलात्कृत भएकी छिन्। छत्रकोट गाउँपालिका ५ मा २६ बर्षीय अनिल भन्ने तेज बहादुर सुनारले ४० बर्षीया महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए। 

पंधेरोमा पानी लिन गएकी सामान्य मानसिक अपाङ्ग ४० बर्षीया ती महिलालाई सुनारले बाटो छेउकै एक गोठमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ। आफूलाई जवरजस्ती गरेपछि ती महिला चिच्चाएकी थिइन। स्थानीयवासीले सुनारलाई समातेर प्रहरीको जिम्मा लगाएको स्थानीय पूर्ण श्रेष्ठले जानकारी दिए। 

जबरजस्ती करणी गर्ने सुनारलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ। उनले मदिरा समेत सेवन गरेको बुझिएको छ। 

प्रकाशित: १० वैशाख २०७६ १५:४९ मंगलबार

बलात्कार मदिरा पक्राउ स्थानीय