समाज

विप्लवको नेकपाका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ

 गोरखा - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन्।

प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए।

त्यस्तै  पक्राउ परेका विद्यार्थी नेता पाण्डेलाई धादिङको एनसेल टावरमा क्षति पु-याएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पठाइएको उनले बताए। पाण्डेलाई आइतबार जिल्लाको भीमसेन थापा गाउँपालिका–६ अश्राङबाट पक्राउ गरिएको  प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १० वैशाख २०७६ ०३:३१ मंगलबार

नेत्रविक्रम_चन्द विप्लव पक्राउ