काठमाण्डौं– महानगरीय प्रहरी वृत्त कालिमाटीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ।
प्रहरीले आज बल्खु चोकबाट ललितपुर सानेपाका ५७ वर्षीय जनक केसीलाई पक्राउ गरेको हो। प्रहरीले केसीको साथबाट लागुऔषध डाईजेल्याब, फेनरागन र नुफिन गरी ३५ एम्पुल बरामद गरेको छ।
लागुऔषध सहित पक्राउ परेका केसीबारे थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ९ वैशाख २०७६ ०७:३५ सोमबार